नेपाली सेनाको रिसर्च आर्टिकल प्रतियाेगितामा झापाका विष्ट प्रथम, जिते २ लाख नगद

https://www.nepalpress.com/2023/02/19/293807/

Journal of Cross Regional Dialogue- Belgium

Final Paper


अनेरास्ववियुद्वारा ‘थिंक ट्यांक’ संरचना निर्माण, संयोजकमा प्रकाश विष्ट तोकिए

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले नेपाली विद्यार्थी संगठनकै इतिहासमा सम्भवतः पहिलोपटक थिंक ट्यांकको संरचना निर्माण गरेको छ । अनेरास्ववियुको सचिवालय बैठकले थिंक ट्यांकका लागि छुट्टै संरचनाको आवश्यकता महसुस गरी संरचना निर्माण गरिएकोबारे बिहीबार सर्कुलर जारी गरेकाे थियाे । उक्त संरचनाको संयोजकमा अनेरास्ववियुका केन्द्रीय सदस्य एवम् अन्तर्राष्ट्रिय सम्बन्धमा एमफील अध्ययनरत प्रकाश विष्टलाई तोकेको छ । उक्त संरचनाले विभिन्न किसिमका नीतिको अध्ययन…


अनेरास्ववियुले विगतको ब्याज मात्र खाने होइन : प्रकाश विष्ट (भिडियो)

२ चैत, काठमाडौं । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियु उम्मेदवार प्रकाश विष्टले आफूहरु विगतमा गरेको कामको ब्याज खाने पक्षमा मात्र नभएको बताएका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले अनेरास्ववियुले त्रिविमा महिनौदेखिको ताला खुलाउनुका साथै सेमेस्टर प्रणालीमा १० प्रतिशत अनिवार्य छात्रवृत्ति, विविध कारणले परीक्षा दिन नपाएका विद्यार्थीको सर्टिफिकेटबाट तारा हटाउन सफल भएको दाबी गरे । उनले भने ‘तर यसको ब्याज खानको…


रिसर्चमा अब्बल विष्ट त्रिवि केन्द्रीय क्याम्पसका सभापति उम्मेदवार, स्ववियुलाई खोज केन्द्र बनाउने योजना

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार प्रकाश विष्टले अबको स्ववियुलाई खोज केन्द्र बनाउने बताएका छन् ।अनेरास्ववियुका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार रहेका विष्टले स्ववियुलाई खोज केन्द्र बनाउनै पर्ने बाध्यता र आवश्यकता दुवै भएको बताए । ‘स्ववियु भन्नासाथ विद्यार्थी राजनीतिको वैधानिक थलो भन्ने सबैको बुझाइ छ । र, विद्यार्थी राजनीतिमा खोज अनुसन्धानका कामहरूलाई भन्दा सडक आन्दोलनका मुद्दा आउने धेरैको…


त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा पराजित विष्टले गरे धन्यवाद ज्ञापन कार्यक्रम

काठमाडौं । हालै सम्पन्न स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा एमालेनिकट अनेरास्ववियुका स्ववियु सभापतिका उम्मेदवार प्रकाश विष्टले धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरेका छन् । बिष्ट नेपाली कांग्रेस निकट नेविसंघका उम्मेदवार श्याम राज ओझा सँग पराजित भएका थिए । स्ववियु निर्वाचन संम्पन्न भएसँगै केन्द्रीय क्याम्पसमा अधिकारिक स्ववियु फोरमको स्थापना भएको खुशियाली तथा उक्त निर्वाचनलाई सफल बनाउनका निमित्त लागिपरेका सम्पूर्ण विद्यार्थी, कर्मचारी,…