राजनीतिको मेरुदण्ड विद्यार्थी आन्दोलन, पुनर्ताजगीका विद्यमान सवाल

नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिका अपरिहार्य छ । लोकतन्त्र प्राप्तिका आन्दोलन र विद्यार्थी आन्दोलनहरू समकालिक मात्र नभइ एकअर्काका बलियो परिपूरकका रूपमा रहेका छन् । नेपालमा प्रजातन्त्रको बीजारोपण, सिञ्चन र संरक्षण संवर्द्धनमा विद्यार्थी आन्दोलन निर्णायक शक्तिका रूपमा देखिँदै आएको तथ्य इतिहासले बारम्बार पुष्टि गरेको छ । गंगालाल श्रेष्ठले १९९७ सालमा राणा शासनको विरोधमा पर्चा छरेकोदेखि, २००४ सालको ‘जयतु संस्कृतम्’ आन्दोलनले…