अनेरास्ववियुले विगतको ब्याज मात्र खाने होइन : प्रकाश विष्ट (भिडियो)

अनेरास्ववियुले विगतको ब्याज मात्र खाने होइन : प्रकाश विष्ट (भिडियो)

२ चैत, काठमाडौं । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियु उम्मेदवार प्रकाश विष्टले आफूहरु विगतमा गरेको कामको ब्याज खाने पक्षमा मात्र नभएको बताएका छन् ।

अनलाइनखबरसँगको कुराकानीमा उनले अनेरास्ववियुले त्रिविमा महिनौदेखिको ताला खुलाउनुका साथै सेमेस्टर प्रणालीमा १० प्रतिशत अनिवार्य छात्रवृत्ति, विविध कारणले परीक्षा दिन नपाएका विद्यार्थीको सर्टिफिकेटबाट तारा हटाउन सफल भएको दाबी गरे । उनले भने ‘तर यसको ब्याज खानको लागि मात्रै स्ववियुमा हाम्रो उपस्थिति होइन ।’अनेरास्ववियुले दुई वर्षमा गर्ने कामलाई दुई भागमा बर्गीकरण गरेर भिजन टेन–टेन सार्वजनिक गरेको छ । उक्त योजना अनुसार अनेरास्ववियु नेतृत्वको स्ववियुले विश्वविद्यालय एक्सिलेन्स सेन्टर बनाउने र व्यवहारिक क्यालेन्डर लागू गर्ने प्रतिवद्धता गरेको छ । उसले डिजिटल लाइब्रेरी, विश्वविद्यालय बन्दरहित सम्मानित क्षेत्र, हरियाली विश्वविद्यालय परिसर बनाउनको लागि पहल गर्ने बताए ।

हाल इतिहास विषय अध्ययन गरिरहेका विष्ट एमालेको बुद्धिजीवी परिषद केन्द्रीय समिति अन्तर्गतको राष्ट्रिय सुरक्षा तथा वैदेशिक सम्बन्ध अध्ययन केन्द्रमा समेत आबद्ध छन् ।त्रिविको स्ववियु सभापतिका लागि नेविसंघबाट श्यामराज ओझा, अखिल क्रान्तिकारीबट बिपिन बिक र अखिल क्रान्तिकारी (विप्लव)बाट मदन केसीसहित १२ जना उम्मेदवार छन् । अनलाइनखबरले राउण्ड टेबुल संवादका लागि

प्रमुख विद्यार्थी संगठनका उम्मेदवारलाई बोलाएको थियो । तर अन्य संगठनका उम्मेदवार उपस्थित हुन सकेनन् ।

विष्टको भिडियो हेर्नुहोस् :

 

Share this Post


Leave a Reply